‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक

हेटौंडा / टोल विकास संस्थाहरुका लागि उपयोगी ‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक बागमती प्रदेशको राजधानी हेटौंडामा विमोचन गरिएको छ । पुस्तक बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले विमोचन गरेकी हुन् ।
लक्ष्मण बजगाईद्वारा लेखिएको र नारायणप्रसाद बजगाईले प्रकाशन गरेको उक्त पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले आफू जनतासँगै मिलेर काम गर्न चाहने र अहिलेसम्म यस्तै किसिमको अभ्यास गर्दै आएको बताइन् । ‘देश सुधार्न समाज सुधार्नु पर्छ’ मन्त्री खड्गीले भनिन् ‘टोल टोलको विकास भयो भने समग्र देशको विकास हुन्छ, टोलको विकास गर्न सम्भाव्यताको नजिक रहेर लेखकले यो पुस्तक तयार गरेको जस्तो मलाई लागेको छ ।’ उनले आफू काठमाडौं महानगरपालिकाको उपमेयर भएर काम गर्दा स्थानीय बासिन्दाहरुसँग मिलेर मौलिक सांस्कृतिक धरोहर संरक्षणमा महत्वपूर्ण कदम चालेको समेत स्मरण गराईन् ।
समारोह आयोजक बजगाई बन्धु मिलन समाजले हेटौंडामा आयोजना गरेको उक्त पुस्तक विमोचन समारोहका अतिथि टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विमोचित ‘टोल विकास संस्थाहरुको सक्रियता’ पुस्तकले टोलका सन्तुलित विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने विश्वास ब्यक्त गरे । त्यसैगरी कार्यक्रममा अतिथिका रुपमा सहभागी बरिष्ठ समाजसेवी एवं नेपाल ब्राम्हण समाजका केन्द्रीय सदस्य सीताराम बर्तौलाले टोलको विकासमा टोलबासीहरुको एकताले महत्वपूर्ण भूमिका खेल्ने भएकोले विमोचित उक्त पुस्तक टोलबासीहरुले अध्ययन गर्नै पर्ने पुस्तक भएको जिकिर गरे ।
बजगाई बन्धु मिलन समाजका अध्यक्ष एवं पुस्तकका प्रकाशक नारायणप्रसाद बजगाईको सभापतित्वमा आयोजित पुस्तक विमोचन समारोहका अर्का अतिथि मातृभूमि साहित्य समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार ह्याग्रीव आचार्यले विमोचित ‘टोल विकास संस्थाहरुको सक्रियता’ पुस्तकको बारेमा समीक्षा गरेका थिए भने आयोजकका तर्फबाट समाजका उपाध्यक्ष पदम बजगाईले कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गरेका थिए । पुस्तक विमोचन समारोह सञ्चालन हेटौंडाका सामाजिक अभियान्ता शिवप्रसाद भट्टराईले गरेका थिए । विमोचित पुस्तक ‘टोल विकास संस्थाहरुको सक्रियता’ लेखक बजगाईको १८ औं कृतिका रुपमा आमपाठकमाझ ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस