मधेशका मुख्यमन्त्रीले मन्त्रालय बाँडफाँट र मन्त्री थपेकोमा जनमतले माग्यो स्पष्टीकरण

janamat party office

मधेश प्रदेश / जनमत पार्टीले मधेश प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै स्प्ष्टीकरण माग गरेको छ।

पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नै नगरी जिम्मेवारी बाँडफाँट र सरकार विस्तार गरेको भन्दै यसबारे जानकारी मागेको बताए।

Advertisement:janamat party office

जनमतले परिणाम देखिने गरी जनताको हकहितको लागि मन्त्रालयको काममा ध्यान दिनुभन्दा मुख्यमन्त्रीले अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप लगाएको छ।

“जनमतले परिणाम देखिने गरी काम गर्नुपर्नेछ तर मुख्यमन्त्री भने उद्घाटन मै व्यस्त हुनुहुन्छ। बजेट बनाउने क्रममा सांसदलाई ५ करोड रुपैयाँ दिने विवादास्पद अभिव्यक्ति दिई पार्टीको छविमा बारम्बार आँच पुर्‍याएकोलगायत विषयमा उहाँलाई पार्टीले स्पष्टीकरण सोधेको हो”, प्रवक्ता यादवले भने।

प्रतिक्रिया दिनुहोस् :