आठौं पटक उपाधि जित्ने योजनामा भारत

womans_cricket_teem_india

काठमाडौं / एसिसी महिला एसिया कप क्रिकेटको उपाधि भिडन्तमा आज आयोजक श्रीलंका र भारतबीच खेल हुँदैछ।

दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो।  भारत र श्रीलंकाको फाइनल भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।  भारत भने सात पटकको च्याम्पियन टिम हो। उ आठौं उपाधि उचाल्ने योजनामा छ। श्रीलंका भने पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्न असफल टिम हो।

Advertisement:womans_cricket_teem_india

भारत महिला एसिया कपको फाइनलमा नवौं पटक पुगेको हो। पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारतले फाइनल पुग्न सफल भएको हो।

आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। भारत उपाधि आफ्नो बनाएर सो यात्रालाई निरन्तरता दिने योजनामा छ।

प्रतिक्रिया दिनुहोस् :