तातोखबर, काठमाडौं / युभेन्टसले कीर्तिमानी १५ औं पटक कोपा इटालियाको उपाधि जितेको छ। तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई १–० गोल अन्तरले पराजित गरेको हो। रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको एक मात्र गोल युभेन्टसलाई च्यम्पियन बनाउन पर्याप्त [...]