बुन्डेसलिगा : लेभरकुसेनले जित्यो पहिलो पटक उपाधि

Baryan-leverkusen-football-ledgue

काठमाडौं /  बायर लेभरकुसेनले पहिलो पटक बुन्डेसलिगाको उपाधि हात पारेको  छ।

आइतबार वेर्डर ब्रेमेनलाई ५-० ले पराजित गर्दै लेभरकुसेनले १ सय २० वर्षमा पहिलो पटक उपाधि हात पारेको हो। योसँगै जर्मन लिग फुटबलमा बायर्न म्युनिखको ११ वर्ष यताको बर्चस्व तोडिएको छ।

Advertisement:Baryan-leverkusen-football-ledgue

५ पटक उपविजेतामा स्थानमा चित्त बुझाएपछि लेभरकुसेन आफ्नो पहिलो लिग उपाधि जित्न सफल भएको हो।

Baryan-leverkusen

लेभरकुसेनल अहिलेसम्म अपराजित रही उपाधि उचालेको हो। टोलीले २९ मध्येको २५ खेलमा विजय हात पारेको छ भने ४ खेल बराबरीमा सकिएको छ। यस सिजनका ४३ खेलमा अपराजित रहेको लेभरकुसेन अर्को दुई उपाधिको दौडमा छ।

लेभरकुसेनले भिक्टोर बोनिफेसको पेनाल्टी गोलमा अग्रता लियोपछि खेलमा पूरा नियन्त्रण बनाएको थियो। त्यसमा फ्लोरिएन विर्टजले ह्याट्रिक गोल गरेका थिए भने ग्राइन्ट साखाले अर्को गोल गरेका थिए।

लेभरकुसेनको २९ खेलमा ७९ अंक छ। ५ खेलमात्र बाँकी रहेको अवस्थामा टोलीले बायर्नलाई १६ अंकले पछाडि पर्दै उपाधि हात पारेको हो।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application