लगातार दोस्रो पटक अर्जेन्टिनाको पोल्टामा कोपा अमेरिकाको उपाधि

काठमाडौं / कोलम्बियालाई हराउँदै कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले हात परेको छ।
मिआमीमा आज बिहान भएको खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले १ सय १२ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो।
निर्धारित समयमा गोलरहित बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। कोपामा पहिलो पटक थप ३० मिनेट समय थपिएको थियो। यस अघिका खेलमा यो नियम थिएन।
जितसँगै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि हात परेको छ। कोलम्बिया २३ वर्षपछि फाइनलमा पुगेता पनि उपाधि जित्न असफल रह्यो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस