NTC App - Ad

सशस्त्रको प्रवक्तामा डीआईजी कुमार न्यौपाने

kumar-neupane-APF

तातोखबर, काठमाडौँ / सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) कुमार न्यौपानेलाई दिइएको छ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीका रुपमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेले सो जिम्मेवारी पाएका हुन्।

Advertisement:kumar-neupane-APF

नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नंम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपति थिए।

उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np  मा सम्पर्क गर्न सकिने छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :