रास्वपा विवाद : डा. मुकुल ढकाल कारवाहीमा, पार्टीको साधारण सदस्य मात्र रहने
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
रास्वपा अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएको थियो। केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गर्दै कार्यान्वयन पार्टीको साधारण सदस्य मात्र रहने गरी कारवाही गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
देशका विभिन्न जिल्ला घुमेर ढकालले तयार पारेको प्रतिवेदनमा रास्वपा संकटउन्मुख भएको निष्कर्ष निकालिएको थियो। सोही विषय अनुशासन विपरीत ठहर गर्दै पार्टीले उनलाई कारबाही गरेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट ग्लोबल आइएमई बैंक सम्मानित
-
२.
एसीसी मेन्स इमर्जिङ कपको फाइनलमा आज अफगानिस्तान र श्रीलंका भिड्ने
-
३.
साफ महिला च्याम्पियनसिप : पाँच पटकको विजेता भारतलाई हराउने दाउमा नेपाल
-
४.
जंगलमा हराएका चारजना पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार
-
५.
रविलाई हरहालतमा बचाउँनैपर्छ भन्ने केपी ओली हो, म होइन : प्रचण्ड