रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको कार्यदिशा र आन्दोलनको स्वरूप छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको नियमित गतिविधि ठप्प भएको थियो। कात्तिक २ गते लामिछाने पक्राउ परेदेखि सत्तापक्षले प्रतिशोध साँधेको भन्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ। आज पनि काठमाडौंको कीर्तिपुर र चितवनको लायन्स चोकमा प्रदर्शन गरिने रास्वपाले जनाएको छ।
यसैबीच, बिहान ११ बजे रास्वपाले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान दिएको स्थान कीर्तिपुर नगरपालिका-२ मैत्री नगरमा गएर मौन धारण गर्ने भएको छ।
दुई तिहाइको दम्भकारी सरकारविरुद्ध आन्दोलन जारी रहेको जनाउँदै रास्वपाले सरकारको नैतिकतामा प्रश्न उठाउँदै मौन धारण गर्न लागेको जनाएको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस