सभापति पक्राउ पर्ने भयले रास्वपा नेता फर्किए

काठमाडौं / चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता फर्किएका छन्। उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली आज फर्किएको हो।
गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडिआइजी छविलाल जोशी पक्राउ लगत्तै सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चाकाबीच नेताहरु फर्किएका हुन्।
परिस्थिति र अवस्थालाई हेरेर ९ दिनको भ्रमणलाई छोट्याएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले बताए। आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने उनले बताए।
सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय विशेष छानविन समितिले रास्वपा सभापति रावि लामिछानेलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ। यद्यपि, लामिछाने आफू निर्दोष रहेको र आफूलाई गिरफ्तारी गरिए जनताले बचाउने अभिव्यक्ति दिँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस