रौतहटमा बहुमूल्य खयरको काठ चोरी तस्करी
रौतहट / रौतहटमा बहुमूल्य खयर काठ चोरी तस्करी बढेपछि डिभिजन वन कार्यालय रौतहटले सक्रियता बढाएको छ ।
डिभिजन वन कार्यालय रौतहटले अवैध रूपमा जंगलबाट खयरको काठ काटेर डमरु बनाउँदै गरेको अवस्थामा डमरु र खयरको काठ सहित बरामद गरेको हो । गैंडाटार सब डिभिजन वन कार्यालयअन्तर्गतको वन क्षेत्रबाट डमरु बनाउँदै गरेको अवस्थामा २० थान डमरु, खयरको गोलिया ५ थान र डमरु बनाउने मेसिन बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिएका छन् ।
गैडाटार सब डिभिजन वन कार्यालयका रेन्जर विकास लामिछाने, सहायक वन अधिकृत नवनीतकुमार मिश्र, मधुकान्त सिंह र सशस्त्र वन रक्षकको टोलीले बहुमूल्य जातको खयरको रूख काटेर डमरु बनाउँदै गरेको अवस्थामा तयारी डमरु, खयरको गोलिया, डमरु बनाउने मेसिन बरामद गरेको हो ।
वन गस्ती टोलीलाई देख्नासाथ डमरु बनाउने काममा संलग्नहरू फरार भएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।
पछिल्लो समय चुरेफेदीमा पर्ने गैँडाटार, जुडिबेला सब-डिभिजन वन कार्यालयअन्तर्गतका वनबाट तस्कर समूहले खयरको रुख काटेर तस्करी गरिरहेको स्थानीय बासिन्दा बताउँछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ट्रंकलाइन विवाद : विद्युत् महसुल नबुझाउने उद्योगको लाइन काट्न थालियो
-
२.
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
-
३.
कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
-
४.
‘दाना’ चक्रवातको असर नेपालमा पनि, यी स्थानमा वर्षाको सम्भावना
-
५.
अन्डर सेभेन्टिन एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै