रौतहटमा एकीकृत समाजवादीलाई झड्का, एमाले फर्किंदै समाजवादी कार्यकर्ता
रौतहट / रौतहटमा नेकपा एकीकृत समाजवादी पार्टीलाई झट्का लागेको छ। मधेश प्रदेशका पूर्व वन राज्यमन्त्री नागेन्द्र यादवसहित २० जना नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरी पुरानै घर नेकपा एमालेमा प्रवेश गरेका छन्। यसकारण रौतहटमा एकीकृत समाजवादी पार्टी कमजोर बनेको आँकलन गरिएको हो।
आइतबार एकीकृत समाजवादी पार्टी परित्याग गरेका यादवसहित रौतहटका २० जना नेकपा एमालेमा प्रवेश गरेका हुन्। नेकपा एमाले केन्द्रीय पार्टी कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाइ स्वागत गरेका थिए। पार्टी अध्यक्ष ओलीले नयाँ सदस्यहरूलाई स्वागत गर्दै पार्टीको लक्ष्य र उद्देश्यप्रति प्रतिबद्धता जनाएका छन्।
नागेन्द्र यादव २०७४ सालमा प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ को (क) बाट नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचित बनेका थिए। उनले मधेस प्रदेशको वन राज्यमन्त्रीको पदसमेत पाएका थिए। पार्टी विभाजनपछि उनले माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी पार्टीमा सहभागिता जनाएका थिए। तर, हालै यादवले एकीकृत समाजवादी पार्टी परित्याग गर्दै पुनः एमालेमा फर्किएका छन्।
यादव र उनका समर्थकहरूको एमालेमा प्रवेश गरेकाले एमालेको शक्ति बढेको छ भने, एकीकृत समाजवादी पार्टी कमजोर भएको छ। यसले आगामी निर्वाचनमा दलहरूको शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने सम्भावनासमेत बढेको छ।
रौतहटमा हुने राजनीतिक परिवर्तनले मधेस प्रदेशको राजनीतिक माहोलमा पनि प्रभाव पार्न सक्ने सम्भावनासमेत बढेको हो। यादवको कदमले अन्य नेताहरूलाई पनि पार्टी परिवर्तन गर्न प्रेरित गरेको नेकपा एमाले रौतहटका नेता तथा पूर्वसचिव अनमोल कार्कीको भनाइ छ। नागेन्द्र यादवको राजनीतिक यात्राले नेपाली राजनीतिमा विभिन्न मोडहरूको प्रतिनिधित्व गरेको छ। यादवको एमालेमा फर्किनुले पार्टीभित्रको एकता र समर्पणलाई अझ मजबुत बनाएको कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै