रौतहटमा हतियार प्रयोग गरी वृद्धको हत्या

काठमाडौं / रौतहटको गौरमा गएराति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ।
गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो।
महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए।
महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस