रौतहटमा हतियारसहित दुईजना पक्राउ

रौतहट / रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार सिमरी गेट नजिकै सशस्त्र प्रहरीले हतियारसहित दुईजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका अनुसार पक्राउ परेकाहरू कटहरिया–३ का २६ वर्षीय कमोदाराम चमार र ४४ वर्षीय नेमलाल साह बनिया हुन्।
ज ४ प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँचका क्रममा कटुवा पेस्तोल १ थान र त्यसमा प्रयोग हुने ३ राउन्ड गोली बरामद भएको थियो। सशस्त्र प्रहरी बलका उपरीक्षक विक्रम हुमागाईंले घटनाबारे जानकारी दिँदै भने सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र नं. ११ गणको संयुक्त टोलीले गुप्त सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले जानकारी गराएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस