सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न वेष्टइण्डिज जाँदै

काठमाडौं / नेपाली क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका छन् ।
अमेरिका जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपालले वेष्टइण्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जनाको टोलीमा समावेश गरी अन्तिम नामावली आईसीसीलाई बुझाएको क्यानले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस