जनमतका सांसद सतिशकुमार सिंहले मधेशको मुख्यमन्त्रीमा दाबी पेस गर्दै

जनकपुरधाम / मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन् ।
गठबन्धन दलहरुबीच गएराति अबेर मुख्यमन्त्रीलगायत मन्त्रालयको बाडँफाँटमा सहमति जुटेको थियो उनीहरुले ५५ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेको जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादले जानकारी दिए ।
एक सय सात सदस्यीय मधेश प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादीका ९ र एकीकृत समाजवादीका ७ र एक-एक प्रदेशसभा सदस्य रहेका संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ सरकारलाइ साथ दिएका छन् ।
उनलाई मधेस प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा सिंहलाई शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यसअघि हिजो दिनभरि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटमा छलफल भए पनि सहमति नजुटेपछि दाबी पेस गर्नमा ढिलाइ भएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्न अहिले १० बजेसम्मको समयसीमा दिइएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँको सरकार ढलेको हो । यादवको सरकार अल्पमतमा परेसँगै प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस