राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा सीता जयन्ती सम्पन्न

sita-jayanti

जेष्ठ ३, काठमाडौं / आज वैशाख शुक्लपक्षको नवमी तिथि, सीता उत्पत्ति दिवस अर्थात सीता जयन्ती हो। सीताको जयन्तीको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा नारायणहिटी धामको प्राङ्गणमा श्री चतुर्व्युह फाउन्डेसन नारायणहिटि धामको संयोजन सीतापाईला जेसिज र राष्ट्रिय पोशाक घर नयाँ बानेश्वरको सहकार्यमा “सीता- एक आदर्श नारी ” बिषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भगवान मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्श राजा दशरथकी बुहारी र राजर्षी जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ। उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगतजननीका रूपमा पूजित छिन् ।

Advertisement:sita-jayanti

धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्ति तथा एक वीरङ्गना हुनाका साथै मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्‍न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गरिन्छ । सीताले प्रस्तुत गरेको नारी चरित्रको आदर्शले गर्दा मानव जातिको इतिहासमा उनको नाम अत्यन्त उच्च छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले स्थापना गरेको राष्ट्रिय बिभुती बर्ष २०८१ अन्तर्गत नेपालका १८ जना राष्ट्रिय बिभुती मध्ये एक सीताको जयन्तीको अवसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यज्युले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रा.डा. राम प्रसाद दाहाल, शिक्षाविद तथा प्रा.डा. बिद्यानाथ कोइराला, संस्कृतीबिद विणा पौडेल,नारायणहिटि धामका पिठाधिस गुरु श्री नारायण प्रसाद पौडेल(चतुर्व्युह) लगायतका बिशिष्ट ब्यक्तित्वहरुले सारगर्भिक मन्तव्य तथा प्रवचन दिएका थिए ।

सीतापाईला जेसीज बर्ष २०२४ का शाखा अध्यक्ष जेसी हेमराज बराल,कपन जेसीज बर्ष २०२४ का शाखा अध्यक्ष जेसि गायत्रा बिश्वास,नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, समाजसेवी उत्तम दाहाल , पुर्व एसएसपी किशोर कुमार दाहाल , गायक संगितकार राजेन्द्र बजगाई लगायत विभिन्न ब्यक्तित्वको गरिमामय उपस्थिती रहेको थियो ।

कार्यक्रमका संयोजन विश्व हिन्दू महासंघका राष्ट्रिय समिति सदस्य तथा बर्ष २०२४ का लागि नेपाल जेसीज क्षेत्र ‘ग’ का तालिम आयुक्त सिनेटर हरिकृष्ण दाहालले गरेका थिए । नाट्यकर्मी तथा चलचित्र निर्देशक श्रीराम दाहाल, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अभियान्ता सास अधिकारी, सबिन गौतम, अच्युत बजगाई, दीपेन्द्र प्रकाश केसी, केदार न्यौपाने, सौरभ भण्डारी,मिना भण्डारी,शक्तिमोहन पौडेल लगायतका अभियान्ताहरुको उपस्थिती रहेको थियो ।

JCI

सीता -एक आदर्श नारी नामको अन्तरक्रिया कार्यक्रममा बिणा पौडेल,बिद्यानाथ कोइराला, राम प्रसाद दाहालको एउटै मत भनेको सीता धर्म, धैर्यता, प्रेम, त्याग, तपस्या र समर्पणको खानी रहेको र सीतालाई सबै क्षेत्र, भुगोलमा उनको महिमाको वर्णन गरिनुपर्ने रहेको थियो ।

नेपालका १८ जना राष्ट्रिय बिभूतीहरुको जन्मजयन्ती र स्मृति जयन्ती मनाउदै आम नागरिकलाई बिभूतीहरुको सत्कर्म, योगदान र जिवनीलाई सर्वत्र जानकारी दिने तथा प्रतिमा बनाई पार्क तथा संग्राहलय बनाउने उदेश्य रहेको प्रतिष्ठान का संस्थापक राजानन्द माण्डव्यले बताए ।

sita-jayanti

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application