हेटौंडा जेसीजद्वारा आयोजित वतृत्वकलामा पौडेल प्रथम



मकवानपुर – हेटौंडा जेसीजले आयोजना गरेको राष्ट्रियस्तरको वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छिन् । उनले नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

त्यस्तै प्रतियोगितामा पोखराकी सुस्मा आचार्य दोस्रो र नवलपुरकी पुजा पराजुली तेस्रो भएकी छिन् । उनीहरुले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

‘कहाँ छ खुसी’ शीर्षकमा देशैभरबाट छनौट भएका १० जना विद्यार्थीहरुबीच आज फाइनल प्रतियोजिता भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले विजयी तथा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

गृहमन्त्री श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि सरकाले विशेष योजना ल्याउने बताउँदै सामाजिक संस्थाहरुले यस्ता किसिमका कार्यक्रम आयोजना गरेर समाजमा धैरै ठूलो योगदान पुर्याएको बताए ।

हेटौंडा जेसीजले सन् २०२० बाट वर्षेनी वतृत्वकला (पब्लिक स्पिकिङ) प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडा जेसीज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए ।

कार्यक्रममा प्रतियोगिताका निर्णायक घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दिपकराज मिश्रलाई सम्मान गरिएको थियो ।

मकवानपुरका विशिष्ट व्यक्तिहरुसँगै कार्यक्रममा विभिन्न जेसीज शाखाहरुका अध्यक्षहरुसमेत अतिथिको रुपमा सहभागी थिए ।

सो प्रतियोगितामा क्रमश सन् २०२० मा प्रिन्सि काफ्ले, २०२१ मा रिमा काफ्ले र सन् २०२२ मा गरिमा घिमिरे प्रथम भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ