मकवानपुरगढी जेसीजद्वारा जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

makawanpur-gadhi-jci

तातोखबर, हेटौंडा / मकवानपुरगढी गाउँपलिका वडा नम्बर-१  मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । मकवानपुरगढी जेसिजको आयोजना तथा सन्चो हस्पिटलको सहकार्यमा हिजो बिहिबार  शिविर सञ्चालन भएको हो।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर  १  का स्थानीय बृद्ध बृद्धालाई लक्षित गरी आयोजित सो कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा स्याङ्तानको प्रमुख आतित्थ्यता रहेको थियो ।

Advertisement:makawanpur-gadhi-jci

मकवानपुरगढी जेसिज बर्ष २०२४ का अध्यक्ष जेसी बिजय पुडासैनी को अध्यक्षता रहेको उक्त कार्यक्रममा वडा नम्बर-१  का वडा अध्यक्ष अईता सी. लो को विशेष आतित्थ्यता रहेको थियो ।

कार्यक्रम मकवानपुरगढी जेसिज बर्ष २०२४ का महासचिब सुवास अधिकारीले संचालन गरेका थिए भने मकवानपुरगढी जेसिज बर्ष २०२४ का कोषाध्यक्ष जेसी ईरोज न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविरमा २१० जनाले चेक जाँच गराएका सन्चो हस्पिटलका फिजिसियन डाक्टर अविनास यादबले बताए ।

उक्त शिविरमा सुगर , प्रेसर , ज्वरो , ग्याटिक लगाएतका रोग चेकजाँच गरिएको थियो । शिविरमा बिभिन्न औसधिहरु पनि निशुल्क वितरण गरिएको मकवानपुरगढी जेसिस बर्ष २०२४ का अध्यक्ष बिजय पुडासैनीले बताए । साथै शिविरमा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान , वडा अध्यक्ष आईत सिह लो वडा सस्दयहरु लगायतकाले समेत स्वास्थ्य लाभ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application