नभएको अपराधको दोषी देखाइयो : सन्दीप लामिछाने

काठमाडौँ / क्रिकेटर सन्दीप लामिछानेले आफूलाई धेरै तरिकाले फसाएर नभएको अपराधको दोषी देखाएको बताएका छन्।
उच्च अदालत पाटनले बलात्कार आरोप मुद्दामा सफाइ दिएपछि उनले समर्थक माझ यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आफूले पहिलो दिन देखिनै आफू निर्दोष छु भनिरहेको पनि बताए।
लामिछानेले आफूले पहिले जिल्ला अदालतको फैसला पनि स्वीकार गरेको र आजको फैसला पनि स्वीकार गर्ने बताए।
उनले नेपाललाई क्रिकेटमार्फत आफूले जुन उचाइसम्म पुर्याएको हो, त्यसभन्दा पनि माथि पुर्याउन प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
फैसलासँगै नेपाल क्रिकेट संघ क्यानले उनको निलम्बन पनि फुकुवा गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस