टिममा सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने : रोहित पौडेल

rohit-poudel-nepali-cricket-teem-tatokhabar-tato-khabar-onlinekhabar

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् ।

आइसिसि टी–२० विश्वकपअन्तर्गतको दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए। उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए। उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने बताए ।

Advertisement:rohit-poudel-nepali-cricket-teem-tatokhabar-tato-khabar-onlinekhabar

कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application