एसीसी महिला एसिया कप : नेपालले टस हारेर ब्याटिङ गर्दै
काठमाडौं /श्रीलंकामा जारी नवौं संस्करणको एसीसी महिला एसिया कपमा सहभागि हुन पुगेको नेपाली महिला क्रिकेट टोलीले पहिलो अभ्यास खेल खेल्दैछ।
नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलवमेन्ट एघार सँग खेल्न लागेको हो। बिहान सवा १० बजेदेखि सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ।
नवौं संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ। त्यसअघि नेपालले तीन अभ्यास खेल खेल्नेछ।
यस संस्करणको प्रतियोगितामा आठ टोलीको सहभागीता छ। सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपाल समूह ए मा छ। यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन्। युएईसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ।
प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्। हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन्। सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुनेछ। दुवै सेमिफाइलका विजेताबीच २८ जुलाइमा फाइनल खेल हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट ग्लोबल आइएमई बैंक सम्मानित
-
२.
एसीसी मेन्स इमर्जिङ कपको फाइनलमा आज अफगानिस्तान र श्रीलंका भिड्ने
-
३.
साफ महिला च्याम्पियनसिप : पाँच पटकको विजेता भारतलाई हराउने दाउमा नेपाल
-
४.
जंगलमा हराएका चारजना पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार
-
५.
रविलाई हरहालतमा बचाउँनैपर्छ भन्ने केपी ओली हो, म होइन : प्रचण्ड