महिला टि–२० विश्वकप : अस्ट्रेलियालाई स्तब्ध पार्दै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं / महिला टि–२० विश्वकपमा दक्षिण अफ्रिकाले बलियो अस्ट्रेलियालाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको छ।
उसले डिफेन्डिङ च्याम्पियन तथा ६ पटकको विजेतालाई ८ विकेटले हराएको हो।
यस विश्वकपमा दक्षिण अफ्रिका अस्ट्रेलियाविरुद्धका पुराना सबै सात खेलमा पराजित रहेको थियो। तर, यसको बदला लिँदै दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई लगातार चौथोपल्ट विश्वकप जित्नबाट रोकेको हो।
दुबईमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटमा १ सय ३४ रन बनाएको थियो।
जवाफमा दक्षिण अफ्रिकाले दुई विकेट मात्र गुमाएर १७ दशमलव २ ओभरमा विजयी रन जोड्यो। ‘प्लेयर अफ द म्याच’ एनेके बोख रहिन् र उनले ४८ बलमा नटआउट रहेर ७४ रन बनाइन्। उनले आठ चौका र एक छक्का प्रहार गरिन् । यस्तै ओपनर तथा कप्तान लउरा भोल्भार्टले ४२ रन बनाइन्।
अस्ट्रेलियाका लागि भने ओपनर बेथ मुनीले सर्वाधिक ४४ रन बनाइन्। अब आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र न्युजिल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेताको सामना गर्नेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस