सन्दीपको मुद्दामा फैसला गर्ने तयारी, उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा

Sandeep-Lamichhane-nepali-cricket

तातोखबर, काठमाडौं / सन्दीप लामिछानेको मुद्दामा आज फैसला आउन सक्ने भएको छ । गौशाला २६ का कानून व्यवसायीहरुले बहस सकाएका छन् । उच्च अदालत पाटनमा हिजोदेखि जारी सुनुवाई सकेर आजै साँझसम्म फैसला गर्ने तयारी न्यायाधीशको छ। अहिले सन्दीपका कानून व्यवसायीले जवाफी बहस गरिरहेका छन् ।

न्यायधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले दुईजना कानून व्यवसायीलाई बहस सकाउन ५० मिनेटको समय दिएको छ। बहस सकिएपछि आजै अदालती सयमभित्रै आदेश दिने तयारी र रहेको अदालतका उपरजिष्ट्रार बिमल पराजुलीले जानकारी दिए ।

Advertisement:Sandeep-Lamichhane-nepali-cricket

सन्दीपको मुद्दामा फैसला सार्वजनिक गर्ने तयारीसँगै उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्बन्धित व्यक्ति बाहेकलाई अदालत मार्गमा प्रवेश निषेध गरिएको छ। भिडभाड गर्न पनि रोक लगाइएको छ । काठमाडौं जिल्ला अदालतले पीडित बालिग रहेको ठहर गर्दै सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो ।

त्यस आदेशविरुद्ध सन्दीप पुनरावेदनमा गएका हुन् । न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ। दुवै मुद्दाको एकसाथ सुनुवाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application