प्रदेश सरकार गठनसम्बन्धी मुद्दामा सर्वोच्चले अल्पकालीन आदेश जारी गर्यो

तातोखबर, काठमाडौँ / गण्डकी प्रदेश सरकार गठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकार गठनसम्बन्धी दायर भएको रिटमा अर्को सुनुवाइ नभएसम्मका लागि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो।
नेपाली कांग्रेस संसदीय दलका नेता पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेका थिए ।
सर्वोच्चले जेठ ८ गतेसम्म मुख्यमन्त्री खगराज अधिकारीलाई काम चलाऊ बनाइदिएको छ । सर्वोच्चले यसअघि पनि खगराजलाई काम चलाउन मुख्यमन्त्री बनाएको तर पछि उक्त रिट खारेज भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस