स्याङ्जाकी सुनिता थापा गण्डकी प्रदेशको सांसद बन्दै

sunita_thapa

पोखरा / गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको स्थानमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन्।

गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी र जनजाति महिला क्लस्टरबाट सांसद बनेकी थिइन्। निर्वाचनका बेला कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी र जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि अब पाँचौ नम्बरमा रहेकी स्याङ्जा चापाकोटकी थापा प्रदेशसभा सदस्य बन्न लागेकी हुन्।

Advertisement:sunita_thapa

उनको नाममा आज बसेको कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस् :