मंगलबार गण्डकी प्रदेश सरकार विस्तार गरिने

काठमाडौं / गण्डकी प्रदेश सरकार मंगलबार विस्तार गरिने भएको छ। कांग्रेस र एमालेबीच मन्त्रालय भागवण्डामा सहमति भएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्री नियुक्त गरी शपथग्रहण गराउने तयारी गरेको कांग्रेस प्रदेश सभाका सदस्य महेश भट्टराईले जानकारी दिए। उनका अनुसार ९ मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय पाउने सहमति भएकाे छ।
एमालेले भौतिक, पूर्वधार तथा यातायात, कृषि पर्यटन, वन र स्वास्थ्य मन्त्रालय लिने भएको छ। कांग्रेसको भागमा परेका मन्त्रालयमा स्वतन्त्र सांसद राजीव गुरुङ र फणिन्द्र देवकोटालाई नियुक्त गर्ने तयारी छ।
मुख्यमन्त्री पाण्डेले संकटमा साथ दिएका गुरुङ र देवकोटालाई कांग्रेसकै कोटामा मन्त्री नियुक्त गर्ने तयारी थालेका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस