प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ जारि
काठमाडौं / संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिश सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ चलिरहेको छ। सिंहदबारस्थित समितिको कार्यालय प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ चलिरहेको हो।
गत भदौ ३१ गत बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिँदै छ।
न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो। प्रधानन्यायाधीश राउतलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय