प्रस्तावित चार राजदूतको सुनुवाइ आज हुने

काठमाडौँ / संसदीय सुनुवाइ समितिमा बुधबार चार प्रस्तावित राजदूतको सुनुवाइ हुने भएको छ। बिहान ११ बजे बस्ने समितिको बैठकमा रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया र साउदी अरबका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुन लागेको हो।
रुसका लागि जङ्गबहादुर चौहान, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ र साउदी अरबका लागि नरेशविक्रम ढकालको सुनुवाइ हुने समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।
सरकारद्वारा प्रस्तावित १७ राजदूतमध्ये अहिलेसम्म ९ जनाको सुनुवाइ सकिएको छ। मंगलबार कतारका लागि रमेशचन्द्र पौडेलको मात्रै सुनुवाइ भएको थियो। यसअघि आइतबार चीनका लागि प्रा.डा. कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि शैल रूपाखेती र डेनमार्कका लागि सुम्निमा तुलाधरको सुनुवाइ भएको थियो।
यस्तै सोमबार इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेलको सुनुवाइ भएको थियो।
बुधवारको सुनुवाइपछि स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको सुनुवाइ हुन बाँकी रहेको छ।
सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस