पीएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश

तातोखबर, काठमाडौं / रेनेसमाथि १–० को कठिन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनल प्रवेश गरेको छ।
घरलु मैदान पार्क डेस प्रिन्ससमा बुधबार पीएसजीलाई जित दिलाउन एक मात्र गोल केलियन एमबाप्पेले गरे। एमबाप्पेले खेलको ४०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। पीएसजी स्टार एम्बाप्पे यो पटक पीएसजीबाट अन्तिम खेल खेलिरहेका छन्।
एम्बाप्पेले आगामी सिजनबाट रियल म्याड्रिडबाट खेल्ने जनाइएको छ। उनले रियलसँग सम्झौता गरिसकेको जनाइएको छ।
यो पटक पीएसजीसँग १४औं फ्रेन्च कप जित्ने मौका रहँदा ट्रेबल जित्ने बाटोसमेत खुल्ला रहेको छ। फ्रेन्च कप, लिग वान र च्याम्पियन्स लिग जित्ने अभियानमा पीएसजी अघि बढेको छ।
लिग वानमा पीएसजी तालिकाको शीर्ष स्थानमा रहँदा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पीएसजीले बार्सिलोना प्रतिद्वन्द्वी पाएको छ।
फ्रेन्चकपमा पीएसजीले उपाधिका लागि लियोनको सामना गर्नेछ। लियोनले भ्यालेनसिनेसमाथि ३–० को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। फाइनल खेल आगामी अप्रिल २५ मा हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस