एसीसी मेन्स इमर्जिङ कप : भारतलाई हराउँदै अफगानिस्तान फाइनलमा

काठमाडौं / ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी–२० प्रतियोगितामा अफगानिस्तान ‘ए’ ले भारत ‘ए’ लाई पराजित गर्दै फाइनलमा पुगेको छ।
इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ‘ए’ ले भारत ‘ए’ माथि २० रनको जित हासिल गरेको हो।
अफगानिस्तान ‘ए’ ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनायो
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ‘ए’ ले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।
पहिलो सेमिफाइनलमा श्रीलंका ‘ए’ ले पाकिस्तान ‘ए’ लाई पराजित गरेको थियो। अब फाइनलमा अफगानिस्तान ‘ए’ र श्रीलंका ‘ए’ आइतबार भिड्ने छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस