लुम्बिनी प्रदेशले जित्यो वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

क्रिकेट, तातोखबर / पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ।
मूलपानी क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३१ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो ।
कर्णालीका लागि विपिन शाहीले सर्वाधिक २८ रनको योगदान दिए भने विपिन रावतले २३ रन बनाए। दीपेन्द्र रावतले अविजित १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
लुम्बिनीको जितमा अभिषेक गौतमले ५ विकेट लिए भने नर सार्कीले २ तथा देव खनाल र निर्मल गुरुङले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो ।
लुम्बिनीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिए। उनले ३० बल खेल्ने क्रममा ३ चौका प्रहार गरे भने विराट भण्डारीले २३ बलमा २६ रन जोडे। कृष्ण कार्कीले २२ रन बनाए।
कर्णालीका लागि युनिस ठकुरीले ३ विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले २/२ विकेट लिए भने प्रकाश जैशीले १ विकेट लिएका थिए ।
यसअघि भएका लिग चरणको खेलमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशको ८/८ अङ्क थियो ।
नेट रनरेटका आधारमा लुम्बिनी पहिलो र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस