ब्राइटनको पोस्टमा सिटीको ४ गोल

काठमाडौं / इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई हराएको छ ।
एक खेल कम खेलेको सिटीको शीर्ष स्थानको आर्सनलभन्दा १ ले कम छ। साबिक विजेता सिटीले गएरति भएको खेलमा ब्राइटनलाई ४–० ले हराउँदै उपाधि रक्षाको दाबेदारी बलियो बनाउँदै लगेको हो।
सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको सिटीले खेलको १७ औं मिनेटमै केभिन डि ब्रएनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमै ३ गोलको अग्रता बनाउने क्रममा फिल फोडेनले २ गोल गरे। २६ औं मिनेटमा पहिलो गोल गरेका फोडेनले बर्नान्डो सिल्भाको पासलाई ३४ औं मिनेटमा सदुपयोग गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि रह्यो।
फोडेन एमेक्समा पहिलो गोल गरेसँगै सिटीका लागि इंग्लिस प्रिमियर लिगमा ५० गोल पूरा गर्ने १० औं खेलाडी बने।
दोस्रो हाफमासिटीले खेलको ६२ औं मिनेटमा ४–० को अग्रता बनाएको थियो। सिटीका लागि चौंथो गोल अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले गरेका थिए। जितसँगै सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो।
जारी लिगमा ३४ खेलबाट आर्सनल ७७ अंकका साथ शीर्ष स्थानमा रहेको छ। एक खेल कम खेलेको सिटी ३३ खेलबाट ७६ अंकका साथ दोस्रो तथा ३४ खेलनै खेलेको लिभरपुल ७४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।
६६ अंकका साथ एस्टन भिल्ला चौंथो स्थानमा रहँदा टोटेनह्याम ६० अंकका साथ पाँचौं र म्यानचेस्टर युनाइटेड ५३ अंकका साथ छैटौं स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस