मुख्यमन्त्री खगराज अधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

gandaki-province

तातोखबर, काठमाडौँ / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा परेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा आज भएको सुनुवाई नसकिएकाले हेर्दाहेर्देमा परेको हो।

Advertisement:gandaki-province

सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दावी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज अधिकारीलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए।

निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका थिए। यस मुद्दाको अर्को सुनुवाई वैशाख १७ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस् :