लेक लागेर विरामी परेपछि ४ पर्यटकको हेलिकप्टरमार्फत उद्धार

मनाङ / विकट जिल्ला मनाङ भ्रमणमा आएका ५ जना विदेशी पर्यटक लेक लागेर विरामी परेपछि उनीहरुलाई उद्धार गरिएको छ। आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका-७ भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो।
लार्केपास गइरहेका ५ जना पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।
उनका अनुसार भिमताङबाट चामेमा ल्याएर सामान्य उपचारपछि उनीहरुलाई काठमाडौँ पठाइएको छ।
दक्षिण अफ्रिकाका २ जना, न्युजिल्याण्डका २ जना र एकजना नेपाली गाईडको उद्धार गरिएको प्रजिअ लामिछानेले बताए । उनका अनुसार लेक लागेर पर्यटक विरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस