नेपालमा भित्रिने विदेशी पर्यटकको संख्या ८ प्रतिशतले वृद्धि
काठमाडौँ / सन् २०२४ को अगष्टमा नेपालमा भित्रिने विदेशी पर्यटकको संख्या ८ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा ५ हजार ५६६ जना बढी पर्यटक नेपाल भित्रिएका हुन्।
सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल आएका थिए।
अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४ हजार ८५१ र बङ्गलादेशबाट ३ हजार ७७ जना पर्यटक नेपाल घुम्न आएका छन्।
बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार ३०४ जना, सन् २०२१ को अगष्टमा ६ हजार ९३ जना र सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै