NTC App - Ad

साउदी अरेबिया बिरुद्ध नेपालको जित

Nepal Won - ACC Men's Premier Cup 2024 - Nepal vs Saudi Arabia

ओमानमा भइरहेको एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत आज भएको साउदी अरेबिया बिरुद्धको समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै समूह चरणको सबै खेलमा विजय हासिल गरेको छ । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

अनिश्चित वर्षाका कारण ८ ओभरमा झारिएको आजको खेलमा टस हारेर ब्याटिङ गरेको साउदी अरेबियाले ६ विकेट गुमाउदै ७३ रन जोडेको थियो । पहिलो इनिङको खेलमा करण केसी र अविनाश बोहराले २/२ विकेट लिएका थिए भने ललित राजवंशी र प्रतिश जीसीले १/१ विकेट लिएका थिए ।

Advertisement:Nepal Won - ACC Men's Premier Cup 2024 - Nepal vs Saudi Arabia

जितका लागि ७३ रनको लक्ष्य प्राप्त गरेको नेपाली टोलीमा गुल्शन झाले १९ बलमा ३२ रन जोडेका थिए भने दिपेन्द्र सिंह ऐरीले ९ बलमा १७ रन तथा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले ७ बलमा १६ रनको योगदान गरेका थिए ।

अनिश्चित मौसम र वेट आउटफिल्का कारण ११ः४५ मा हुने भनिएको खेल २ः१५ बाट मात्र सुरु भएको थियो ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :