NTC App - Ad

आउटफिल्ड नसुकेकाले नेपाल र साउदी अरेबियाको खेलमा ढिलाई, मलेसिया र हङकङको खेल जारी

ACC Men's Premier Cup 2024 - Nepal vs Saudi Arabia

ओमानमा जारी एसिसी प्रिमियर कपमा आज नेपालले साउदी अरबसँग खेल्दै छ। ओमानको अल अमिरत क्रिकेट स्टेडियममा आज बिहान ११:४५ बजे सुरु हुनुपर्ने खेल मौसमका कारण आउटफिल्ड राम्रोसँग नसुकेकाले ढिला भई २:१५ बजे बाट सुरु हुनसक्ने जानकारी प्राप्त भएको छ । नेपालले साउदी अरबसँग आज खेल्ने खेल समूह चरणको अन्तिम खेल हो ।

मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो। समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ।

Advertisement:ACC Men's Premier Cup 2024 - Nepal vs Saudi Arabia

दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्।

समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। नेपाल र साउदी अरेबियाको खेल सुरु हुन ढिला भएपनि मलेसिया र हङकङको खेल भने सुरु भइसकेको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra