धरान-चतरा सडक खण्डमा स्कुटर दुर्घटना हुँदा मुडभरीको मृत्यु

keshav-mudbari

तातोखबर, काठमाडौं /  मकवानपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान-चतरा सडक खण्डमा भएको दुर्घटनामा हेटौंडा-१३ का ४५ वर्षीय केशवप्रसाद मुडभरीको मृत्यु भएको हो।

Advertisement:keshav-mudbari

दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ९ बजे मृत्यु भएको मकवाननपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।  उनी विद्यालय सञ्चालक र स्टेसनरी व्यवसायी समेत हुन्। उनले केही वर्ष पत्रकारितासमेत गरेका थिए।

ना ६६ प ९३०३ नम्बरको स्कुटर रड बोकेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ। मुडभरीको अनुहार र टाउकोमा गहिरो चोट लागेको थियो। प्रहरीले राति नै घटनास्थलबाट ३ किलोमिटर उत्तरतर्फ भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्रि सडक खण्डमा रोकिराखेको ना ७ त २२५९ नम्बरको रड लोड भएको ट्याक्टर नियन्त्रणमा लिएको छ।

चालक फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application