पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात ठप्प

गोरखा / ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि बेनिघाट-आरुघाट सडक अवरुद्ध बनेको छ।
भीमसेन थापा गाउँपालिका-७ र शहीद लखन गाउँपालिका-९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि यो सडकमा यातायात पूर्णरूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका-७ का वडाध्यक्ष नारायण श्रेष्ठले बताए।
गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो। भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ समेत बगाएको छ। पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात पूर्णरूपमा ठप्प भएको छ।
‘सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन्’, वडाध्यक्ष श्रेष्ठले भने, ‘सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु