टी-२० विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुआत

australia

काठमाडौं / अस्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा सुखद सुरुआत गरेको छ ।

बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा बिहीबार अस्ट्रेलियाले ओमानविरुद्ध ३९ रनको जित निकाल्यो ।

Advertisement:australia

जितसँगै समूह ‘बी’ को अस्ट्रेलियाले दुई अंक जोडेको छ। दुवै खेलमा पराजित ओमान अंकविहिन छ । ओमान पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो।

अस्ट्रेलियाले दिएको  १६५ रन लक्ष्य पछ्याएको ओमानले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १२५ रन बनायो ।

ओमानका लागि आयन खानले ३६, मेहरान खानले २७, कप्तान अकिब इल्यासले १८ र शकिल अहमदले ११ रन बनाए ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन तथा नाथन एलिस, मिचेल स्टार्च र एडम जाम्पाले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ३७ बलमा ६ छक्का र दुई चौकाको मद्दतले अविजित ६७ रनको योगदान गरे । यसैगरी डेविड वार्नरले ५१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५६, कप्तान मिचेल मार्शले १४ र ट्रभिस हेडले १२ रन बनाए ।

चौथो विकेटका लागि स्टोइनिस र वार्नरले १०२ रनको साझेदारी गरे । ओमानका लागि मेहरन खानले दुई तथा कलीमुल्लाह र बिलाल खानले समान एक विकेट लिए ।
प्रतियोगिता अन्तरगत आज राति आयोजक अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application