NTC App - Ad

नेपालले गुमायो आठौँ विकेट

तातोखबर, काठमाडौं / वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलमा नेपालको आठौँ विकेट गुमेको छ।  सोमपाल कामी ३  रनमा रन आउट भएका हुन्।

जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा  नेपालका आरिफ शेख १२, दिपेन्द्रसिंह ऐरी ३ रन बनाएर आउट भए।  यसअघि  गुलशन झा २६, लोकेश बम १७, कुशल भुर्तेल २, अनिल साह १ र कुशल मल्ल शून्यमा आउट भएका थिए।

Advertisement:

टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले सात विकेट गुमाएर १६० रन बनाएको हो।

नेपालका लागि  सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले नै एकएक विकेट लिए। ​

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  मैत्रिपूर्ण टी-२० को दोस्रो श्रृङ्खलामा आज दोस्रो खेल भइरहेको छ।  ​

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो।आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। आगामी आईसीसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।

यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज भने टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ। यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।

यसअघि नेपाल र वेस्ट इन्डिजले एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल वेष्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :