इंग्लिस प्रिमियर लिग : लिभरपुल र आर्सनलको हार सिटिलाई वरदान

तातोखबर / आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २-०को गोल अन्तरले पराजित भएको छ ।
उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको हो । खेलको अन्त्यमा एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो ।
लियोन बेली र वली वाटकिन्सले गोल गर्दै टोलीलाई महत्वपूर्ण जितका लागि योगदान गरेका थिए । बेलीले ८३ औं र वाटकिन्सले ८६ औं मिनेटमा गोल गर्न सफल भएका थिए । त्यसअघि लिभरपुल क्रिस्टल प्यालेससँग १-० गोल अन्तरले पराजित भएको थियो । अर्को खेलमा फुलहमले वेस्टहम युनाइटेडलाई २-० ले हराएको छ ।
शीर्षस्थानको सिटीको ७३ अंक छ भने दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको लिभरपुलको समान ७१ अंक रहेको छ । चौथो स्थानमा रहेको एस्टन भिल्लाले लिभरपुल र आर्सनलसँगको दुरी कम गराएको छ भने पाँचौं स्थानको टोटनहमलाई पछि पारेको छ । भिल्लाको ६३ र टोटेनहमको ६० अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस