विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा

तातोखबर / नवनियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिन लागेका छन् । दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् ।
पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्याएका माओवादी केन्द्र संसदीय दलका नेता महरालाई विश्वासको मत दिन साना दलले विभिन्न शर्त राखेका छन्। केन्द्रमा सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, जसपाले मात्र नभई प्रदेशमा सहकार्य गरेको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मन्त्री नपाउने भए विश्वासको मत दिन नसकिने बताएका छन्।
चार जना सांसद रहेको उन्मुक्ति पार्टी , ३ सांसद रहेको जसपा, १ सांसद रहेको एकीकृत समाजवादी र स्वतन्त्रका सांसदको मत नपाए माओवादी र एमालेका सांसदले मात्र बहुमत नपुग्ने देखिन्छ ।
८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस