नुवाकोटको दुप्चेश्वरमा ‘समुन्द्रफिनी’ जातको धान र होमस्टे सन्चालनसम्बन्धी गोष्ठी

नुवाकोट, ७ चैत्र / नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको दुप्चेश्वर मन्दिर परिसरमा दुर्लभ मानिने सिखरबेसी र गगनचौर क्षेत्रमा मात्र फल्ने ‘समुन्द्रफिनी’ जातको धान र त्यहि धानको विशेषतामा आधारित होमस्टे सञ्चालन गर्न सकिने सम्भावनाको विषयमा एक गोष्ठी सम्पन्न गरिएको छ ।
होमस्टे पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरिएको हो । दुप्चेश्वर गाउँपालिकाको सहयोगमा स्याङ्तान कृषि फर्मद्वारा आयोजित उक्त गोष्ठीमा रैथाने कृषि बाली संरक्षण, प्रबद्र्धन तथा बजारीकरण विषयमा ब्यापक छलफल गरिएको थियो । गोष्ठीमा सहभागी दुप्चेश्वर गाउँपालिकाका प्रमूख शङकरबहादुर थापाले गाउँपालिकाको तर्फबाट यस्ता दुर्लभ जातका विउ विजनको संरक्षणमा आवश्यक कार्यक्रम बनाउनु पर्नेमा जोड दिए ।
उक्त गोष्ठीमा सहभागी दुप्चेश्वर गाउपालिकाकी उपप्रमूख माकुरी तामाङ्ले गाउँपालिकामा कार्यरत कृषि विज्ञहरुले यस्ता विषयमा ध्यान दिनु पर्ने बताईन् । त्यसैगरी गाउँपालिका प्रमूख पशासकीय अधिकृत दिपेश रिजाल गोष्ठीमा विज्ञहरुद्वारा प्राप्त सुझाव तथा मार्गनिर्देशनअनुसार भावी दिनमा आवश्यक नीति तथा कार्यक्रम गाउँपालिकाले अपनाउने प्रतिबद्धता ब्यक्त गरे ।
कृष्णबहादुर स्याङ्तान र शिवप्रसाद आचार्यको विशेष सहजीकरणमा आयोजित उक्त गोष्ठीमा राष्ट्रिय जीन बैंकका बरिष्ठ बैज्ञानिक डा.बालकृष्ण जोसीले हावापानीअनुकुल खेती हुने बाली– नालीहरुको विशेषता र यसको संरक्षणका लागि के कस्ता प्रविधिको आवश्यकता छ ? भन्ने विषयमा जानकारी दिएका थिए भने त्यसैगरी उक्त गोष्ठीमा होमस्टे अभियान्ता होमस्टे महासंघका पुर्व अध्यक्ष तथा पर्यटन विज्ञ भीमबहादुर केसीले मौलिक र रैथाने पहिचानजन्य वस्तु तथा स्थलहरुलाई जोडेर होमस्टे विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
रैथाने बाली तथा विउविजन बचाउ अभियानमा क्रियाशील रैथाने एग्री प्रडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालले रैथाने विउ विजन जोगाउन सम्बन्धित सबैपक्षलाई आग्रह गरे । कार्यक्रममा कृषि विज्ञ ध्रुबराज पौडेल, पोषण विज्ञ युवराज श्रेष्ठ, रैथाने एग्री प्रडक्ट्स नेपाल सचिव राईबहादुर राई, रैथाने एग्री प्रडक्ट्स नेपाल सञ्चालक शङ्करबहादुर गौतम, रैथाने एग्री प्रडक्ट्स नेपालका सदस्य शिवप्रसाद आचार्य, अन्जु आचार्य, सुदेस सुवेदी (दु.गा.पा.कृषि शाखा प्रमुख), पासाड्.शेर्पा (आधार विकास संस्था) तथा शिखर श्रेष्ठ (सान्दर मिडिया अध्यक्ष) को सहभागिता रहेको थियो ।
त्यसैगरी घ्याङफेदी सामुदायिक होमस्टेमा घ्युआलु उत्पादनसम्बन्धी छलफल पनि गरिएको थियो । स्याड्तान कृषि फर्मले आयोजना गरेको गोष्ठीमा समुन्द्रफिनी धान, घ्यु आलु, सिस्नो, कोदोलगायत विभिन्न रैथाने कृषि बाली, होमस्टे र पर्यटन सम्भाव्यता सम्बन्धी बृहत छलफलको सहजीकरण गरेका घ्याड्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रेमबहादुर स्याड्तानलाई गोष्ठीमा सहभागीहरुले धन्यवाद ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस