देश समृद्ध बनाउन पर्यटनको विकासमा केन्द्रित हुनुपर्ने : उपप्रधानमन्त्री महासेठ

raghubir-mahaseth-janakarpurdham

तातोखबर, जनकपुरधाम / उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनको विकासमा केन्द्रित हुनुपर्ने बताएका छन्।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन शत्रमा उपप्रधानमन्त्री महासेठले पर्यटनको प्रचुर सम्भावना बोकेको नेपालमा हरेक क्षेत्रबाट पर्यटनको विकासमा अग्रसर हुनुपर्नेमा जोड दिए।

Advertisement:raghubir-mahaseth-janakarpurdham

प्राकृतिक सौन्दर्यता, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध प्रदेश मधेश रहेकाले मधेशमा समेत पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाई थियो।

उपप्रधानमन्त्री महासेठले जनकपुरधाममा माता सीताको जन्म, ऋषि मुनिहरूको शास्त्रार्थ गर्ने थलो, ५२ कुट्टी तथा ७२ कुण्डको शहर रहेकाले यस ठाउँको सौन्दर्यीकरण तथा विकासका लागि वाह्य चक्रपथको डिपिआर आफू यसअघि भौतिकमन्त्री भएकै वेलामा भईसकेकाले सो को निर्माण छिट्टै अगाडि बढाउने जानकारी दिए।

उनले जनकपुरधाम–अयोध्या र अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएकाले चाँडै रेल सञ्चालन हुने विश्वास पर्यटन व्यवसायीलाई दिलाए।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका प्रदेश अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु दीपेन्द्र ठाकुर, रामअशिष यादव, शारदा थापा, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, होटल व्यवसायी विजय झुनझुनवाला, महासङ्घका महासचिव मोहन शर्मा, नेपाल होटेल तथा पर्यटन व्यवसायी संघ धनुषाका अध्यक्ष सुरेन्द्र भण्डारीलगायतको उपस्थिति थियो।

महासङ्घले उत्कृष्ट सेवा प्रदान गरेवापत महोत्तरी होटल व्यवसायी सङ्घलाई सम्मानपत्रसहित सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application