सत्ता गठबन्धनमा फेरबदल आउने संकेत: प्रधानमन्त्री ‘प्रचण्ड’ नै रहने सहमति

Prachanda-kp-oli

फागुन २१, काठमाडौं / सत्ता समीकरणमा फेरबदल आउने संकेतसँगै नेकपा एमालेको सचिवालय बैठक पार्टी अध्यक्ष निवास बालकोटमा जारी रहेको छ।

बैठक बिहान ७ बजे देखि बैठक जारी रहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। यता सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी रहेको छ। प्रधानमन्त्री सचिवालयका अनुसार बैठक बालुवाटारमा चलिरहेको छ ।

Advertisement:Prachanda-kp-oli

नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको नेताहरुको खुलासा गर्न थालेका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति नजिक पुगेको स्रोतले जानकारी दिएको छ।

दलहरूबीच हाल प्रधानमन्त्री ‘प्रचण्ड’ नै रहने सहमति भएको बुझिएको छ। नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जनता समाजवादी सहभागी हुने नेताहरुले दाबी गरिरहेका छन् ।

आइतबारको बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागीता थियो ।

यसअघि आजै बिहान टीआरसी विधेयक बारे सम्पूर्ण कुरा टुंग्याउने सम्भावना रहेको छ। आज संघीय संसद्का दुवै सदनको बैठक रहेकाले दिनभरमा सम्पूर्ण कुरा खुलासा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application