चार वर्षदेखि ५० कर्मचारी जिम्मेवारी विहिन: स्थानीय तहमा कर्मचारीको अभाव

sanghiya-samanye-prasasan-mantralaya

फागुन २१, काठमाडौ / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन्।

जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्किने गरेका छन्। स्थानीय तहमा भने कर्मचारीको अभावमा अहिले पनि एक कर्मचारीले दुईदेखि तीन वटासम्म वडा कार्यालयको जिम्मेवारी लिनु परेको छ ।

Advertisement:sanghiya-samanye-prasasan-mantralaya

सोमबारको गोरखापत्र दैनिकमा समाचार रहेको छ, कर्मचारी समायोजन संशोधन गरी संघमा फर्केका, स्थानीय तहले हाजिर नगराई फिर्ता पठाएका, संघ, प्रदेश र स्थानीय तीनै तहमा समायोजन हुनका लागि सेवा समूह नमिलेका दुर्गम विकास समितिका कर्मचारी, घरेलु तथा साना उद्योगका कर्मचारी, टाइपिस्ट र समायोजन नरोजेकालगायतका समस्या भएका ५० कर्मचारी कामविहीन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कामविहीन बनेका कर्मचारीमा वन, लेखा, प्रशासनलगायतका सेवाका कर्मचारी रहेका छन् भने जिम्मेवारीविहीन हुनेमा अधिकांश खरिदार, नायब सुब्बा र शाखा अधिकृत स्तरका कर्मचारी छन्।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले समायोजनको समयदेखि विभिन्न समस्या भएका कर्मचारी मन्त्रालयमा रहेकाले अब मन्त्रालयले नीतिगत निर्णय गरेर ती कर्मचारीको व्यवस्थापन गर्न लागेको बताए। ‘समायोजन रोज्ने क्रममा स्वास्थ्यमा समस्या भई समायोजन नरोजेका कर्मचारी, ढिलो गरी समायोजन भएको प्रदेश र स्थानीय तहमा जाँदा ती तहले विज्ञापन गरी उक्त दरबन्दीमा नयाँ कर्मचारी भर्ना गरिसकेका लगायतका समस्या भएका कर्मचारी अहिले अलपत्र परेका हुन्’, उनले भने।

कर्मचारी समायोजन भई प्रदेश र स्थानीय तहमा जाँदा हाजिर नगराउने, आफ्नो पद अनुसारको काम नदिने जस्ता समस्या हुँदा पुनः संघमा फर्केर अलपत्र अवस्थामा परेको गुनासो ती कर्मचारीले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application