आशुतोष बाग्मतीबाट शतक बनाउने दोस्रो खेलाडी बन्न सफल

Ashutosh-Ghiraiya

काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशसँगको खेलमा बाग्मती प्रदेशका ओपनर ब्याटर आशुतोष घिरैयाले शतक बनाएका छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा आशुतोषले ९९ बलमा शतक प्रहार गरे । उनी १ सय ११ बलमा १ सय १८ रन बनाएर आउट भए । यो उनको करिअरको पहिलो शतक हो ।

Advertisement:Ashutosh-Ghiraiya

आशुतोष प्रधानमन्त्री कप क्रिकेटमा बाग्मती प्रदेशबाट शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि सन् २०१९ को संस्करणमा ज्ञानेन्द्र मल्लले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँगको खेलमा शतक बनाएका थिए ।

यो समाचार तयार पार्दासम्म बाग्मतीले ४० ओभरमा ४ विकेट गुमाएर रन बनाएको छ । बाग्मती ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । कोशी लगातार ४ खेलमा हार बेहोर्दै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application