प्रधानमन्त्री कप क्रिकेट: मधेशले कर्णालीलाई ६१ रनले हरायो

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेश तेस्रोपटक विजयी भएको छ। आज भएको खेलमा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै मधेश तेस्रोपटक विजयी भएको छ।
जितका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णालीले ४१.१ ओभरमा अलआउट हुँदै १७० रन मात्रै जोड्न सक्यो। उसका लागि अर्जुन घर्तीले सर्वाधिक ५८ रन बनाए पनि जित दिलाउन सकेनन्। दिनेश अधिकारीले ३३, विपीन शाहीले ३१ तथा प्रकाश जैशीले १४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको मधेशले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो। मधेशका लागि कप्तान हरिशंकर शाह र मयन यादवले अर्धशतक प्रहार गर्दै समान ५०-५० रनको योगदान गरे। अनिल शाहले ४४ तथा अभिषेक तिवारीले ३४ रन जोडे। हरिशंकर शाह खेलको प्लेयर अफ दि म्याच घोषित भए।
तेस्रो जितसँगै मधेश ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिता अन्तर्गत आइतबार भोलि दुई खेल हुनेछन्। भैरहवामा विभागीय टोली आर्मी र पुलिस भिड्दा मूलपानीमा गण्डकीले कोशीको सामना गर्नेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस